July 3, 2026

आहतमा राहत दिदै महामन्त्री वैद्यले ४ लाख सर्वसाधरणलाई मास्क वितरण गर्दै

0
120537675_407148420273303_5199699205104473787_n

काठमाडौं । कोरोना भाइरसबाट वच्चका लागि मुख्य रुपम प्रयोग गरीने सर्जिकल मास्क प्रयोग गर्नुपर्ने हुन्छ ।

तर निम्न आय भएका व्यक्तिहरुलाई सर्जिकल मास्क खरिद गर्ने अवस्था नहुदा धेरै व्यक्ति  मास्क नै प्रयोग गर्नबाट बन्चित भएका छन् ।

भने कसैले मास्क खरिद गर्ने क्षमता भए पनि जनचेतनाको कमिका कारण मास्क नलगाउनुका साथै मास्क लगाउने तरीका पनि थाहा पाउन नसकिरहेको सरोकारवालाको भनाइ छ ।

त्यस्तै कुरालाई मध्यजनर गर्दै नेपाली कांग्रेसको भातृ संघ नेविसंघका महामन्त्री मनोज वैद्यले ‘आहतमा राहत मास्क वितरण’अभियान  सुरू गनुर्भएकाे छ । करिव ४ लाख  सर्वसाधरणलाई  निशुल्क मास्क वितरण गर्ने योजना अघि सारेको  महामन्त्री  वैद्यले बताउनुभएको छ ।

महामन्त्री वैद्यले भन्नुभयो,कोभिडका कारण सवै व्यक्तिको आर्थिक अवस्थामा कमजोर भएको छ । दैनिक गुजारा टार्न समस्या भएको अवस्थामा १० रुपैया पर्ने मास्क निम्न वर्गका व्यक्तिले दैनिक रुपमा प्रयोग गरीने मास्क किन्न नसक्ने हुदा यो अभियान थालेका छौ ।‘

महामन्त्री वैद्यका अनुसार,काठमाडौं महानर क्षेत्रका धरैजसो भिडभाड हुने रत्नपार्क, तिनकुने, बसपार्क, वानेश्वर लगायतका क्षेत्रमा वितरण गरीने जानकारी दिनुभयो ।

महामन्त्री वैद्यले मास्क वितरण गर्दा, विद्यार्थी, मजदुर, तथा निम्न आय भएका व्यक्तिलाई मास्क वितरण गरीनुका साथै मास्क लगाउन जनचेतना जगाउने काम पनि गरीने बताउनुभयो ।

यस्तै मास्क वैद्य आफैले बनाउने र नेविसंघका विद्यार्थी साथीहरुले सहोग गरेका छन् । नेपाल तरुण दल काठमाडौं जिल्ला सचीव दिनेश बिक्रम शाह २ हजार सहयोग मास्क सहयोग गर्नुभएको छ । प्रत्येक व्यक्तिलाई ४ वटा मास्क दिइने छ ।

मास्क लगाउ अभियानमा नागरिकलाई सुरक्षित पार्ने उदेश्यले अभियानमा अभियानमा जोडीन पाउँदा आफुलाई खुशीलागेको सचीव शाहले बताउनुभयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed