July 3, 2026

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

0
upendra-yadav

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन भएका छन् ।

शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई दलका नेतामा चयन गरेको हो । बैठकमा २१ जना सांसद उपस्थित थिए। यादवलाई दलका नेतामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए भने महेन्द्र यादवले सर्मथन गरेका थिए ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवाद निरुपण गरिदिएपछि जसपाले दलको नेता चयन गरेको हो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed