July 3, 2026

रमेश सिलवालविरुद्ध उजुरी

0

राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदका लागि दरखास्त दिएका निवर्तमान सदस्य सचिव रमेश सिलवालविरुद्ध उजुरी परेकाे छ ।

गत मंसिरमा भएको नेपालमा भएकाे १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भ्रष्टाचारको आरोप लागेका सिलवालमाथिको छानविन पूरा नभएसम्म राखेप सदस्यसचिव पदका लागि उनको आवेदन खारेज गर्न युवा तथा खेलकुद मन्त्रालयमा उजुरी परेको हो ।

अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष जनक बर्तौलाले सिलवालविरुद्ध कारवाहीकाे माग गर्दै उजुरी दर्ता गराएका छन् । साथै उनले सिलवालकाे आवेदन बदर गर्नसमेत माग राखेका छन् ।

नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राखेपमा सदस्य सचिव चयनका लागि नयाँ प्रकिया सुरु भएकाे छ । सदस्य सचिव बन्न सिलवालसहित २७ जनाले आवेदन दिएका छन् ।

सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले सचिव राम प्रसाद थपलियाकाे संयाेजकत्वमा सिफारिस समिति गठन गरेर प्रक्रिया अघि बढाएको छ । समितिले सात दिने सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो ।

१३ औं साग प्रतियोगिता आयोजना गर्दा लाखौंको घोटाला गरेको पनि जनक बर्ताैलाकाे दावी छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed