July 3, 2026

आदर्श नव युवा क्लबले भारतबाट आएका ३ सय नागरिकलाई खाना खुवायो

0
120010950_630519577640303_7319593754240370283_n

धनगढी। भारतमा कोरोना भाइरसका कारण प्रभावित भइ स्वदेश फर्किएका नागरिकलाई आदर्श नव युवा क्लब हसनपुरले निशुल्क खानाको व्यवस्था गरेको छ।
प्रदेश नम्वर७ स्थित त्रिनगर नाकाबाट आएका करिव ३ सय भन्दा बढी नागरिकलाई दैनिक रुपमा खाजाको व्यवस्था गरीरहेको क्लबका अध्यक्ष निराजन खड्काले जानकारी दिनुभएको छ । कोरोना कारण भारतमा रोजगारी गुमाएका,लामो यात्राका कारण खाना खान नपाएका नागरिकलाई नेपाल प्रवेश गर्ने वित्तिकै खाना,पानीको व्यवस्था गरीएको अध्यक्ष खड्काले बताउनुभयो । अध्यक्ष खड्काले भन्नुभयो, ‘भारतबाट लामो दुरी आएका अझ बालबालिका र महिलाहरुलाई खानाको समस्या देखिएकोले नाकाबाट प्रवेश गर्ने नागरिकलाई खानाको व्यवस्था गरीएको छ ।’
क्लवले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अभियानलाई सफल बनाउनका लागि क्वारेन्टिनको व्यवस्थापन देखि विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।

 

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed