July 3, 2026

बिल गेट्स, जेफ बेजोज, एलन मस्क सहित कैयौंका ट्विटर एकाउण्ट ह्याक

0
hack

अर्बपति एलन मस्क, जेफ बेजोज तथा बिल गेट्स सहित विश्वका ठूला व्यापारी तथा नेताहरुको ट्विटर एकाण्ट ह्याक गरिएको छ ।

यो बिटक्वाइन स्क्याम ह्याकिङ् हो । ह्याक गरिएका एकाउण्टमा गरिएको पोष्टमा बिटक्वाइनको लागि चन्दा मागेको छ । बिल गेट्सको एकाउण्टबाट गरिएको ट्वीटमा लेखिएको छ, ‘सबैले मलाई समाजलाई पहिलेकै अवस्थामा ल्याउन भनिरहेका छन् । अब त्यो समय आइसकेको छ, मलाई तपाईं एक हजार डलर पठाउनुहोस् म तपाईंलाई दुई हजार डलर पठाउनेछु ।’

टेस्लाको ट्विटर एकाउण्टमा गरिएको पोस्टमा पनि बिटक्वाइनमा पठाएको पैसाको दुई गुना गरेर फिर्ता पठाउनेछु भनिएको छ । बिटक्वाइनको लिंकको साथमा ट्वीटमा कोभिड १९ महामारीका कारण आफूले दान दिन खोजेको लेखिएको छ । तर पोस्ट गरिएको केही मिनेटमा नै यी पोस्ट डिलिट भएका छन् ।

अमेरिकाका प्रख्यात र्‍यापर कानवे वेस्ट, पूर्व राष्ट्रपति बाराक ओबामा तथा डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनका ट्विटर एकाउण्ट मात्र नभइ दुनियाँकै सबैभन्दा ठूलो कम्पनीमध्येको एक एप्पलको एकाउण्ट पनि ह्याक गरिएको छ ।

केही मिनेटमा ह्याकरलाई सैयौं मानिसले एक लाख डलरभन्दा बढी पठाए पनि । ट्विटरले यस घटनाको बारेमा जाँच भइरहेको र चाँडै जानकारी गराउने भन्दै ट्वीट गरेको छ । यस्तै अर्को ट्वीटमा ट्विटरले यो घटनाको अनुसन्धान तथा जाँच नभएसम्म ट्विटरको पासवर्ड रिसेट गर्न नसकिने र ट्विट गर्न नसकिने जनाएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed