July 3, 2026

देउवाले महाधिवेशन आफ्नो पक्षमा पार्न अन्धाधुन्ध तरिकाले पद र प्रलोभन बाँडेको पौडेल समूहको आरोप

0
IMG_20200730_152200

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सार्वजनिक रुपमै आएको छ। बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीबार सभापति शेरबहादुर देउवाका पछिल्ला क्रियाकलापको विरोधमा पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरी ‘मनलाग्दी नगर्न’ भन्दै सार्वजनिक रुपमै विरोधमा उत्रिएका हुन् । २०७६ फागुनमै देउवाको पदाधवि सकिएको उल्लेख गर्दै पौडेले महाधिवेशन आफ्नो पक्षमा पार्न निर्वाचन आचारसंहिता मिचेर विधान उल्लंघर गरी अन्धाधुन्ध तरिकाल पद र प्रलोभन बाँडेको आरोप लगाउनुभयो ।
सभापति देउवालाई सम्बोधन गर्दै केन्द्रीय निर्वाचन समितिलाईसमेत बोधार्थ गरिएको पत्रमा भनिएको छ, ’विधानत १३ औं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने केनद्रीय विभागहरु, अहिले १४ औं महाधधिवेशनको कार्यक्रम अघि बढिसकेपछि, गठन गरिरहनु भएको छ। यसबाट विधानको पुरै उल्लंघन भएको छ।
नेपाली काँग्रेस महासमितिको बैठकले पारित गरेको पार्टी विधानको मसी नसुक्दै सो विधानले निश्चित व्यवस्था गरेका २८ विभागलाई बढाएर, हाम्रो असहमति हुँदाहुँदै ४८ पु¥याई अन्धाधुन्दा तरिकाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिता विपरित कार्यकाल सकिएपछि थपिएको एक वर्षभित्र, त्यो पनि महाधिवेशनको तिथि घोषणा भइसकेपछि फगत महाधिवेशनलाई प्रभावित गर्ने कुत्सित मनसाय हो भन्ने हाम्रो ठहर छ।’ देउवाले चालेको कदम तत्काल खारेज गर्नसमेत पौडेल पक्षका नेताहरुले माग गरेका छन्। ’यसमा हाम्रो गम्भीर आपत्ति छ र यो अस्विकार्य छ। यस्ता कार्य तत्काल बन्द गरियोस् र त्यस्ता निर्णय खारेज गरियोस्,’ विरोधपत्रमा भनिएको छ।


समायोजन सकिएका जिल्लामा पारदर्शी हिसाबले क्रियाशील सदस्यता वितरण र नवीकरणका काम हुनु पर्ने नेता पौडेलले माग गर्नुभएको छ । नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सभापति देउवालाई लेखेको पत्रमा भनिएको छ, “पार्टीमा दशकौंदेखि रगत–पसिना भिजाएका साथीहरुलाई वडा, क्षेत्र र जिल्लामै बहिस्कृत गराउने वा उहाँहरुको मनोवल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबोध गर्ने खालका अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन ।”पत्रकार सम्मेलनमा पौडेलले सभापति देउवाले जति गल्ती गर्दै जान्छन् त्यति नै सशक्त दबाब बढाउँदै लगिने बताउनुभएको छ ।

 


भातृ संस्थाहरूको अधिवेशनबाट नै महाधिवेशनमा प्रतिनिधि आउने भएकोले अधिवेशन गर्नुपर्ने उहाँको भनाइ छ । यस्तै महाधिवेशनपछि कांग्रेसमा कुनै गुट नहुने दावी गर्नुभयो । १४ औं महाधिवेशनले गुटको अन्त्य गर्ने बताउनुभयो । उहाँले १४ औं महाधिवेशनमा पत्रकार सम्मेलन गरेरै आफूहरुले उमेदवारी घोषणा गर्ने बताउनुभयो ।
स पत्रकार सम्मेलनमा देउवाइतरका नेताहरु महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत उपस्थिती रहेको थियो ।

यस्तो छ पत्र

श्रीमान् सभापतिज्यू,
नेपाली कांग्रेस, केन्द्रीय कार्यालय,
बी।पी। नगर, ललितपुर ।

विषय स् पार्टी विधानको पालना, चौधौं महाधिवेशनको सफलता र आन्तरिक लोकतन्त्रको प्रबद्र्धन बारे ।

नेपाली कांग्रेस नेपालको राष्ट्रिय राजनीतिमा लोकतन्त्रको आधारस्तम्भ हो । यस पार्टीका माथिदेखि तलैसम्मका सबै निकाय र भातृ तथा शुभेच्छुक संस्थाहरूको आवधिक अधिवेशन र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रुपमा सुसम्पन्न गराई आन्तरिक लोकतन्त्रको सुनिश्चितताले विभिन्न कोणबाट लोकतन्त्रमाथि आईपर्ने चुनौती नेपाली कांग्रेसले सामना गर्न सक्दछ । तर पार्टीका निकायहरुको समायोजन, क्रियाशील सदस्यता वितरण, विधान विपरीत विभागहरुको गठन, भ्राृत एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका गतिविधि संचालनबाट पार्टीका बहुसंख्यक साथीहरु झै हामीलाई पनि पार्टीको १४ औं महाधिवेशन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न हुनेछ भन्ने विश्वास गर्ने आधार हराउँदै गएको अनुभूति भएको छ । यस्तो अविश्वासको वातावरण समाप्त गरी पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध गर्दै आवश्यक परामर्श गरी विधिपूर्वक बाटोबाट आगामी महाधिवेशन सम्पन्न गर्ने अहिलेको आफ्नो प्रमुख कर्तव्यप्रति सभापतिज्यूको गम्भीर ध्यानाकर्षण गर्दछौं ।
यही उद्देश्य र कर्तब्यलाई मनन गर्दै नेपाली कांग्रेसको आसन्न चौधौं पार्टी–महाधिवेशनलाई ऐतिहासिक महत्वको, एकताबद्ध तथा युगान्तकारी बनाउन स्वच्छ, निष्पक्ष र पारदर्शी तरिकाले पार्टीको कृयाशील सदस्यता वितरणदेखिनै पार्टी विधानको अक्षर र भावनाअनुरुप विधि र प्रकृयालाई निष्ठापूर्ण ढंगले अघि वढाउनु जरुरी छ । यसमा हुने कुनै पनि हेल्चेक्य्राईं वा मनपरितन्त्र वा खेलवाड र पूर्वाग्रही कार्यले समग्र पार्टी र लोकतन्त्रलाई नै गम्भीर आघात पु¥याउन सक्छ भन्ने हेक्का हामी सबैले राख्नु जरुरी छ ।
तसर्थ निम्नलिखित गम्भीर मुद्दातर्फ सभापतिजीको विशेष ध्यानाकर्षण गर्दै महाधिवेशनको स्वच्छता, स्थापित मान्यता, संस्थापक तथा अग्रज नेताहरूले बसालेको असल परिपाटी र संस्कारलाई निरन्तर कायम राख्नु हामी सबैको कर्तब्य हो ।
१.क. विधानतः तेह्रौं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने केन्द्रीय विभागहरू, अहिले चौधौं महाधिवेशनको कार्यक्रम अघि बढिसकेपछि, गठन गरिरहनु भएको
छ । यसबाट विधानको पूरै उल्लङ्घन भएको छ । नेपाली कांग्रेस महासमितिको बैठकले पारित गरेको पार्टी–विधानको मसी नसुक्दै सो विधानले निश्चित व्यवस्था गरेका २८ विभागलाई बढाएर, हाम्रो असहमति हुँदाहुँदै ४८ पु¥याई अन्धाधुन्ध तरिकाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिताविपरीत कार्यकाल सकिएपछि थपिएको एक वर्षभित्र, त्यो पनि महाधिवेशनको तिथि घोषणा भईसकेपछि फगत महाधिवेशनलाई प्रभावित गर्ने कुत्सित मनसाय हो भन्ने हाम्रो ठहर छ । त्यसैले यसमा हाम्रो गम्भीर आपत्ति छ र यो अस्वीकार्य छ । यस्ता कार्य तत्काल बन्द गरियोस् र त्यस्ता निर्णय खारेज गरियोस् ।
१.ख. तत्कालीन पार्टी सभापति सुशील कोइरालाले कार्यकालको तेस्रो वर्षमा गरेको विभाग गठनलाई स्वयं वर्तमान सभापतिज्यूले अस्विकार गर्नुभएपछि सम्पूर्ण विभाग निस्कृय भएको वास्तविकता पनि हामी स्मरण गराउन चाहन्छौं ।
१.ग. लोकतन्त्रका लिखित वा अलिखित रुपमा रहेका अपरिहार्य र निर्विवाद मान्यताहरूको खोजी गर्नु भन्दा पनि महाधिवेशन भनेको नेतृत्वको चयन ९निर्वाचन० गर्ने जिम्मेवारीपूर्ण तथा गौरवमय अवसर हो । तर महाधिवेशनको तिथि निश्चित भईसकेपछि विभाग गठन तथा थप, पद सृजना तथा नियुक्ति पार्टी विधान र आचारसंहिताको ठाडो उल्लङ्घन हो भन्ने हाम्रो ठहर छ । महाधिवेशन सुसम्पन्न गर्ने उद्देश्य र प्रयोजनको लागि र महाधिवेशनसम्मको लागि मात्र पार्टीमा नयाँ अवयव र संयन्त्र निर्माण गर्न सकिन्छ । तसर्थ, हालै गठन गरिएका केन्द्रीय विभागलाई हामी स्वीकार गर्दैनौं र सहयोग नहुने ब्यहोरा सभापतिज्यूमा अवगत गराउन चाहन्छौं ।
२. कृयाशील सदस्यता वितरण सम्बन्धमा
– गत तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्य श्री नरहरि आचार्य संयोजकत्वको समितिले तेह्रौं महाधिवेशन सम्पन्न भएपछि प्रकृया पु¥याई दिने भनेर राखिएका क्रियाशील सदस्यता समावेश गर्ने बारे के प्रकृया थालियो रु वा के हुँदैछ रु पार्टीले शुल्क बुझेर दर्ता गरिएकाहरूलाई प्रकृया पूरा गराई सबैलाई पार्टी प्रणाली अनुरुप सदस्यता दिन पार्टीका सबै निकायहरूमा तुरुन्त पठाउने काम होस् । कतै क्रियाशील सदस्यता गैसकेको भन्ने पनि जानकारीमा आएको छ । समायोजन टुङ्गिएका कतिपय जिल्लामा समेत सदस्यता नपठाउने पक्षपातपूर्ण काम बन्द होस् ।

– पार्टीको विधानको धारा ४ ९१०० ९ङ० बमोजिम अन्य राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्ति जुन तहको पदीय दायित्व र जिम्मेवारीमा कायम रहँदा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको हो, पार्टीको सोही तहको कार्यसमितिले निर्णय गरी त्यस्तो व्यक्तिलाई नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्न आफू माथिको निकाय मार्फत् केन्द्रीय कार्यसमितिलाई सिफारिश गर्नेछ । यसरी नेपाली कांग्रेसमा प्रवेश गरेको व्यक्तिलाई कुनै पनि तहको विशेष पद सिर्जना गरी जिम्मेवारी दिनु पर्ने अवस्था भएमा सम्बन्धित तहको सिफारिशमा केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गरी जिम्मेवारी दिन सक्नेछ । केन्द्रीय कार्यसमितिले त्यस्तो अधिकार मातहत निकायलाई प्रत्यायोजन गर्न सक्नेछ भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पार्टी प्रवेशका सिलसिलामा नेपाली कांग्रेसमा प्रवेश गरेका विभिन्न तहका व्यक्तिहरुका सम्बन्धमा हचुवाको भरमा ‘केही सदस्य’, ‘यति सदस्य’, ‘यति हजार सदस्य’, ‘त्यस जिल्लाको कुल सदस्यभन्दा कम’, भन्नेजस्ता अष्पष्ट तथा अमूर्त कुरा लेखी, फोरम लोकतान्त्रिक संगको समायोजन हेर्ने भनी बनाएको समितिले केन्द्रमा पेस गरेको भन्ने कुरा जानकारी आएको छ । पार्टीमा दशकौंदेखि रगत–पसिना भिजाएका साथीहरूलाई वडा, क्षेत्र र जिल्लामै वहिस्कृत गराउने वा उहाँहरूको मनोबल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबध गर्ने खालका अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन ।

– राष्ट्रिय पहिचान बोकेका सीमित व्यक्तिहरूका लागि बाहेक कृयाशील सदस्यता वितरण पार्टी विधानले तोकेको वडाबाटै हुनुपर्छ । माथिवाट थोपर्ने हैन । विधान, प्रक्रिया र परम्परालाई मिच्ने कार्य स्वीकार्य हुनसक्दैन । हाम्रो पार्टीको लामो इतिहासमा विभिन्न पार्टीका नेताहरू नेपाली काँग्रेसमा प्रवेश गरे, तर आज आएर जुन परम्पराको थालनी हुन लागेको छ, अमूक व्यक्ति प्रवेश गर्दा यति हजारलाई क्रियाशीलता सदस्यता दिने भन्ने कुरा पार्टी विधानको घोर उपेक्षका साथै परम्पराको विपरीत हो । साथसाथै समग्र पार्टीको साख, लोकप्रियता र गौरबमा धब्बा लगाउने कुरा हो भने स्थानीय नेतृत्व र कार्यकर्ताको मनोबल गिराउने उनीहरुलाई विस्थापित र तिरस्कृत गर्ने प्रवृत्ति पनि हो ।
– जिल्लामा पठाईएका कृयाशील सदस्यताका फर्महरू केन्द्रीय परिपत्र अनुसार जिल्ला पार्टी सभापतिले लगेर क्षेत्रीय सभापतिलाई र तलका निकाय प्रमुखलाई दिनुपर्ने व्यवस्था छ । तर कतिपय जिल्लामा विधान विपरीत मनपरी गर्न खोजेको जानकारी छ । कृयाशील सदस्यताको वितरण वडा र गाउँस्तरीय वैधानिक व्यवस्था अनुरुप नै हुनुपर्छ । यसमा अन्यथा नहोस् । समायोजन सकिएका कतिपय जिल्लामा क्रियाशील सदिस्यताको फर्म नपठाएको विषयमा समेत घोर आपत्ति छ ।
३. स्थानीय तह समायोजन
– स्थानीय तहको समायोजन केन्द्रले तयार पारेको सर्वसम्मत निर्देशिका बमोजिम ते¥हौं महाधिवेशनको वरिष्ठताक्रम अनुसार सुरू नगरी कतिपय जिल्लाहरुमा आफू अनुकूल गर्न खोज्ने जिल्ला नेतृत्व र दवाव र प्रभावलाई वास्ता नगरी निर्वाचन समितिले निर्देशिकाको आधारमा लगातार काम गरिदिएको भए धेरै समयअघि नै समायोजन पूरा भै सक्थ्यो । अनावश्यक अल्झाउने र निर्देशिका मिच्ने काम हुन खोज्दा समस्या पैदा भएको छ र महाधिवेशनलाई नै प्रभाव पार्ने खालको गतिविधि भईरहेको छ । यसतर्फ तत्काल गंभीर पहल हुन जरुरी छ । समायोजनको काम जहाँ रोकिएको छ, निर्वाचन समितिले नै निर्देशिकावमोजिम निर्णय गरी टुंग्याइयोस्, र महाधिवेशनको कार्यतालिका प्रभावित हुन नपाओस् ।
उपर्युक्त आग्रहको ध्येय पार्टीलाई विधि, पद्धति, प्रक्रिया र परम्परालाई संयोजन गर्दै पार्टी विधानको अक्षर र भावनाअनुरुप संस्थागत, स्वच्छ, निष्पक्ष, पारदर्शी, र लोकतान्त्रिक मूल्य तथा मान्यतामा आधारित रहेर तोकिएको तिथिमा महाधिवेशन सुसम्पन्न गर्न हाम्रो आग्रह
हो ।
४.भातृ–शुभेच्छुक संस्था
हाम्रो जस्तो लोकतान्त्रिक पार्टीका भातृ र शुभेच्छुक संस्था विधान विपरीत हचुवा पाराले चल्न हुदैन । तिनका आवधिक निर्वाचन र नीति नियम स्पष्टसंग कार्यान्वयन हुनुपर्छ । पार्टी नेतृत्वकै आडमा कयौं भातृ संस्था विना अधिवेसन निष्क्रिय बसेका छन् । तिनको अधिवेसन यथाशीघ्र गराईसक्नुपर्छ । विधानको धारा १५ ९१० ९घ० बमोजिम भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको अधिवेशनबाट निर्वाचित भई आउने केन्द्रीय महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने वैधानिक व्यवस्था भएकोले सोही बमोजिम मात्र प्रतिनिधित्व गराउन मिल्ने स्पष्ट गरिन्छ ।
५.विदेश स्थित जनसम्पर्क समिति
विदेश स्थित जनसम्पर्क समितिहरुको स्थिति पनि भद्रगोल हुदैछ । कतै एकले अर्कोलाई निष्कासन गर्ने । केन्द्रको आड देखाएर थिचोमिचो गर्न खोज्ने, अनुशासनको डण्डा देखाएर दवाउन खोज्ने जस्ता प्रवृति तत्काल वन्द गरियोस् र सबै जनसम्पर्क समितिहरुको विधिसम्मत अधिवेसन गराएर मात्र महाधिवेशनमा प्रतिनिधित्व गराइयोस् ।

धन्यवाद । जयनेपाल !

डा. शशांक कोइराला रामचन्द्र पौडेल
महामन्त्री नेता
नेपाली कांग्रेस नेपाली कांग्रेस

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed