July 3, 2026

अदालतबाट भएका शंकास्पद फैसलाहरुको बारले अध्ययन गर्ने

0
images

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियनसले देशभरका अदालतबाट भएका शंकास्पद फैसलाहरुको अध्ययन गर्ने भएको छ।
आइतबार बसेको बारको बैठकले नेपालभरका अदालतहरुबाट विकृति, विसगंतीजन्य आदेश तथा फैसला कुनै भएको भन्ने पाइएमा सो विषयमा नेपाल बार एशोसियसनसले अध्ययन गर्ने निर्णय गरेको हो।

आइतबार एक विज्ञप्तीजारी गर्दै विगत केहि समय अगाडिदेखि सर्वोच्च अदालतलगायत मातहत अदालतसमेतका आदेश फैसलाहरुलाई लिएर आम सञ्चार माध्यम तथा जनस्तरबाट भएका टिका–टिप्पणी र गुनासाहरुका विषयमा बारको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा महासचिव लिलामणि पौडेलद्धारा जारी गरीएको विज्ञप्तीमा उल्लेख छ। अदालतको सहयोगी, अदालतको स्वतन्त्रता, सक्षमता, निष्पक्षताको पक्षमा विकृति, विसंगति विरुद्ध सधै आवाज उठाइरहने संस्था बार यसमा मुकदर्शक भएर बस्न नसक्ने विज्ञप्तिमा उल्लेख छ।

कुनै अदालतबाट भएका एकाध आदेश, फैसलालाई लिएर सञ्चार माध्यम तथा जनस्तरबाट समेत गम्भीर रुपमा भएका विरोध तथा समाचार सम्प्रेषणबाट न्यायपालिकाको जनआस्थामा गम्भीर दख्खल पुग्न जाने बारको विज्ञप्तिमा उल्लेख छ। कानुन बमोजिम न्यायपूर्ण फैसला हुनुपर्दछ भन्नेमा बार सधै दृढ रहि समय–समयमा सर्वोच्च अदालत र न्याय परिषद् समक्ष ध्यानाकर्षण भएको जनाएको छ ।
अदालतका आदेश तथा फैसलाहरुमा भएका त्रुटीहरु कानुनबमोजिम अदालतबाटै सच्याउने विधि र प्रक्रिया संविधान, ऐन, नियम बमोजिम नै हुने बारको विज्ञप्तिमा उल्लेख छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed