July 3, 2026

‘संसद मुद्धा लडेर र्फिता ल्याउनुभाछ,अविश्वास प्रस्ताव पास गरेर देखाउनुहोस’:केपी ओली

0
kp-sharma-oli-chitwan1

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन प्रचण्ड–नेपाल पक्षलाई चुनौती दिएका छन्।

आइतबार गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुद्दा जितेर संसद् पुनःस्थापना गर्न सफल भएकाहरुलाई प्रधानमन्त्रीबाट आफूलाई हटाउन चुनौती दिएका हुन्।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भने,‘म त जिन्दगीमा मुद्दा हार्दा-हार्दा गरेको मान्छे । उहिले पनि धेरै मुद्दा हारेँ । गल्ती नगर्ने, मुद्दा हार्दै जाने । मलाई मुद्दा जिताइदिएर कसैले प्रधानमन्त्री बनाइदिएको होइन । तपाईंहरुले प्रधानमन्त्री बनाएको हो । जबसम्म तपाईंहरु मेरो साथमा हुनुहुन्छ, जबसम्म मेरो साथमा जनता छ, जबसम्म मेरो टाउकामाथि तपाईंहरूको आशीर्वाद छ, तबसम्म मुद्दा त के भो ? ’

‘संसद् त पुनःस्थापना भयो तर संसदीय दलको नेता केपी ओली हो, नेकपाको अध्यक्ष हो। अब प्रधानमन्त्री केपी ओली छ। उहाँहरु मसँग राजीनामा माग्नुहुन्छ। तपाईंहरुले जब संसद पुनःस्थापना गरेर ल्याउनुभएको छ, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न,’ उनले भने,‘अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस्। हटाएर देखाउनुस्, हटाउनुभएछ भने फेरि तीन करोड जनताबाट दुई तिहाई ल्याएर आइन्छ।’

ओलीले नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेसका सभापति देउवासंग प्रचण्ड र माधव नेपालले भेट गरेको कुराप्रति हास्यरसमा कटाक्ष गदै भने,

‘प्रतिनिधिसभा पुनस्स्थापना भो । के भो त राम्रै भो । अनि के देखियो भने, चितवनको सभा छोडेर प्लेन चडेर काठमाडौं आए । एयरपोर्टबाट यिनीहरूको घर दक्षिणपट्टि, तर लागे उत्तर । सेक्युरिटीले कहाँ जाने सा’ब भनेर सोध्दा बूढानीलकण्ठ भन्छन् । सुतिरहेका बूढानीलकण्ठको पाउमा पुजा गर्न जान्छन् कि भनेको त होइन रहेछ । उनीहरू त उठिरहेका बूढानीलकण्ठ पो खोज्दै गए । गएर निवेदन गरे, ‘प्रभू, संसद पुनस्स्थापना भइसक्यो । केही गरे पनि केपी ओलीलाई हटाउन सकिएन । प्रभूले अब प्रधानमन्त्री स्वीकारिदिनुपरो । हामी सभामा हाजिर छौं ।’

विभिन्नथरि रंगीविरंगी, नन्दीभृंगी जम्मा भएर सरकार बनाउँ । केपी ओलीलाई त हटाउनै परो, नत्र देशको विकास गर्छ त्यसले, विकास रोक्नका लागि हटाउनैपरो भनेपछि प्रभूले यसो विचार गरे, यी मान्छे त भरपर्दा छैनन् । अनि विचार गर्छु, साथीभाइसँग छलफल गर्छु भनेर पठाइदिए । अँध्यारो मुख लाएर फर्किए ।’

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed