July 3, 2026

गोंगबुमा हत्या प्रकरणकी मुख्य अभियुक्त कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय

0
gongabu-hatyakanda-e1597136842464

काठमाडौं । गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभरीलाई आजीवन कारावासको सजाय भएको छ।

फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जीवित रहुञ्जेल काराबासको सजाय सुनाएका हुन्।

कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेकी थिइन्। उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँक्न लगेकी थिइन्। टाउको र खुट्टा भने केही पर भेटिएको थियो।

जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले जानकारी दिए।

त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्। नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो।

 

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed