July 3, 2026

विप्लवका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयले जारी गर्यो सर्कुलर

0
ministry-of-home-affairs

काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएसंगै गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न आजै निर्देशन भइसकेको छ, अन्यको हकमा सहजीकरण हुँदैछ ।’

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २०७५ फागुन २७ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २ हजार ९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed