July 3, 2026

बोक्सी भन्दै आफ्नै श्रीमतीलाई निर्घात कुटपिट गर्ने श्रीमानसहित चार पक्राउ

0
boksi-final-840x500

काठमाडौं । काठमाडौंमा बोक्सी लागेको भन्दै कुटपिट गरेको आरोपमा श्रीमानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरको लुभू बस्ने ३३ वर्षीया महिलाको पेट दुखेर स्वयम्भू ठूलो भर्‍याङमा झारफुक गराउन जाँदा बोक्सी लागेको भन्दै कुटपिट गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

यसरी कुटपिट गरेको आरोपमा लुभू बस्ने श्रीमान, ४० वर्षीय सानो बुवा दिपेन तामाङ भन्ने दिपेन्द्रकुमार थिङ, मामा दशनारायण महर्जन र ३३ वर्षीय साथी जनार्दन पाण्डे पक्राउ परेका छन्।

बोक्सी लागेको भनी कुटपिट गरेको जाहेरी महानगरीय प्रहरी परिसर टेकुमा परेपछि प्रहरीले श्रीमानसहित चार जनालाई भदौ २२ गते पक्राउ गरेको हो। सिंहका अनुसार घटना १८ र १९ गते स्वयम्भूमा भएको थियो।श्रीमतीलाई पेट दुखेपछि श्रीमानले उपचार गराउँछु भन्दै दिपेन तामाङलाई देखाउन लगेका थिए।

तामाङले ती महिलालाई हेरेपछि बोक्सी लागेको छ भन्दै कुटपिट गर्न लगाएको प्रहरीले जनाएको छ। साथै उनीहरू चारै जनाको मिलेमतोमा महिलालाई लछारपछार गरी रातभर कुटपिट गर्नुका साथै शौचालयबाट दिशा समेत ल्याएर खुवाएको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।

 

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed