July 3, 2026

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

0
rajenda pande

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्।
प्रदेश सभामा सोमबार भएको मतदानमा विश्वासको मत लिने प्रस्तावको पक्षमा ५९ मत परेको थियो। त्यस्तै, प्रस्तावको विपक्षमा ४३ र तटस्थमा २ मत परेको थियो। मतदानमा १०४ जना सांसद उपस्थित भएका थिए।

बागमती प्रदेश सभाको आकार ११० सदस्यीय भएपनि एमाले सांसद् पशुपति चौलागाईंको निधन भएपछि अहिले १०९ जना मात्रै सांसद छन्। जसमध्ये एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका तर्फबाट स्वतन्त्र सांसद एक जना छन्।

सोमबार भएको मतदानमा एमाले र विवेकशील साझाले विपक्षमा मत दिएको थियो। त्यस्तै, नेमकिपा तटस्थ बसेको थियो। मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा ती पार्टीका सांसद्हरुले आफ्नो पार्टीको ुपोजिसनु प्रष्ट पारेका थिए।

नेपालको संविधानको धारा १६८ (४) मा मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ। सोही अनुसार पाण्डेले विश्वासको मत लिएका हुन्।

 

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed