July 3, 2026

बाँके कांग्रेसको प्रदेशसभा ३(क) को सभापतिमा केशब कुमार शाह निर्विरोध चयन

0
kesav kumar shah

कोहलपुर । बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र ३(क) को नेपाली कांग्रेस सभापतिमा केशब कुमार शाह निर्विरोध चयन भएका छन् ।

शनिबार नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा शाहको मात्रै उम्मेदवारी परेपछी शाह निविरोध चयन भएका हुन् । शाह संस्थापन पक्षका हुन् ।

यस्तै उपसभापतिमा कन्हैलाल थारु र फरिजुद्दिन हलवाई निर्विरोध निर्वाचित भएका छन् ।  सहसचिवमा पनि नवराज रावल र सियाराम पथिक धोवी निर्विरोध निर्वाचित भएको मतदान अधिकृत अधिवक्ता विश्वजित तिवारीले जानकारी दिए । दुई जना सचिवमा धिरेन्द्र कुमार ठाकुरी र निखिल वैगार पनि सर्वसम्मत भएका छन् ।

यस्तै प्रदेश प्रतिनिधिमा टंक प्रसाद काफ्ले आशिष, भुपाल वली, विमल आर्चाय, टिकाराम रिजाल, तेजेन्द्र कँडेल लंक बहादुर मल्ल, शरद कुमार रेग्मी, कृष्णा रोकाय, उपेन्द्र बहादुर विष्ट, कृष्ण बुढा श्रेत्री, तुल्सा ज्ञवाली, समसुल्ला पठानी,देवेन्द्रमान श्रेष्ठ, शिवराज यादव, तारादेवी परियार, दशरत थारु, डिक कुमारी पौडेल र फिरोज खान सर्वसम्मत चयन भएका छन् ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed