July 3, 2026

एनसेलको सेयर खरिदबिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन

0
ncell_axiata jpg

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले एनसेल खरिदबिक्री यथास्थितिमा राख्न निर्देशन दिएको छ।

एनसेलको ८० प्रतिशत सेयरको खरिदबिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृत अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले त्यस अवधिसम्मका लागि सेयर खरिदबिक्री कार्य रोक्न समितिले निर्देशन दिएको हो।

बुधबार बसेको लेखा समिति बैठकले एनसेलको सेयर खरिदबिक्रीमा कानुनी व्यवस्था पालना नभएको, सेयर खरिदबिक्री गर्दा अवास्तविक, अनपेक्षित र अविश्वसनी तथा अपारदर्शी तवरमा अतिन्यून मूल्यांकन गरी खरिदबिक्री गरिएको र नेपालबाहिर सेयर खरिदबिक्री वा हक हस्तान्तरण गरी नेपाल सरकारलाई प्राप्त हुनुपर्ने पुँजीगत लाभकर, स्वामित्व हस्तान्तरण करलगायतका करहरु प्रभावित गर्न खोजिएको देखिएकाले तत्काल यसलाई रोक्न सरकारलाई भनेको छ।

समितिले भनेको छ, ‘करिब छ वर्षपछि कानुनतः नेपाल सरकारको स्वामित्वमा आउने अवस्थालाई अनिश्चयतर्फ धकेल्न खोजिनु, पारदर्शिता नदेखिनु, नेपालमा वैदेशिक लगानीलाई सहज गर्ने वातावरण नभएको भनी भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोज्नु तथा अन्य नकारात्मक टिप्पणी गर्नुले उक्त कारोबार प्रारम्भिक रुपमा संशयपूर्ण, अपारदर्शी तथा अवास्तविक रहेको भन्ने अवस्था देखिन्छ।’’

समितिले यस विषयमा वास्तविकता तथा यथार्थता पहिचान गर्न ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न, गराउन सरकारलाई निर्देशन दिएको छ।

साथै सेयर खरिदबिक्री सम्बन्धमा भएका कामहरुको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिमयुक्त रहेको भन्ने भनाइ सम्बन्धमा सरकारको धारणा यथाशीघ्र ९४८ घण्टाभित्र० सार्वजनिक गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed