July 3, 2026

नेकपाको विवाद मिलाउन बामदेव गौतमको छ बुँदे प्रस्ताव

0
Bamdev-Gautam

 

काठमाडौं । नेकपा विवाद साम्य पार्न महाधिवेशनसम्म पार्टी अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी पूरै अवधि हुनेगरी प्रस्ताव अघि सार्नुभएको छ ।
प्रतिनिधिसभाको अहिलेको कार्यकालसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सम्पूर्ण पाँच बर्ष चलाउन दिनेगरी गौतमले ६ बुँदे प्रस्ताव अघि सार्नुभएको हो ।
उहाँँको दोस्रो प्रस्तावमा एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित पार्टी अध्यक्षमा पुष्पकमल दाहाल रहने उल्लेख छ।त्यसैगरी एकता महाधिवेशन सहमतिमा गर्ने प्रस्ताव गौतमको छ। प्रधानमन्त्रीको काममा पार्टीले हस्तक्षेप नगर्ने प्रस्ताव पनि गौतमले अघि सार्नुभएको छ । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय लिनुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्न गौतमको सुझाव छ। प्रशासन र सुरक्ष निकायका कर्मचारी पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वय गर्नुपर्ने सुझाव छ।
पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्त गर्ने पनि उहाँले सुझाउनुभएको छ । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुअघि सचिवालयमा परामर्श लिनसमेत प्रस्ताव गर्नुभएको छ । पार्टीका बैठक पार्टी कार्यालयमा मात्रै आयोजना गर्न पनि उगौतमले प्रस्ताव गर्नुभएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed