July 3, 2026

पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा कांग्रेस प्रवेश

0
116704229_672638589953577_5008170200335067120_n

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकाका संस्थापक सुर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनिल बहादुर थापा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।
मंगलवार कांग्रेस पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले थापासहित राप्रपाका ११ केन्द्रिय सदस्यलाई काँग्रेसमा स्वागत गर्नुभयो । सम्बोधनको शुरुवातमै थापाले ’नेपाली काँग्रेस प्रवेश गर्दाको क्षणमा अपार हर्ष र खुसी लागेको छ,’ भनी बताउनुभयो । नेपाली काँग्रेसका दिवंगत नेतादेखि आफ्ना पिता सूर्यबहादुर थापालाई सम्झँदै थापाले आफू नेपाली काँग्रेसमा दुधमा चिनी घुले झैं घुलेर काम गर्न चाहेको बबताउदा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालेतालीले स्वागत गरेका थिए ।


१२ सय वर्षअघिको कथा सुनाउँदै थापाले भने, ’पुरानो कथाको याद आयो १२ सय वर्षअघिपर्सियाका जोरस्टानहरु गुजरातमा सञ्जान भन्ने ठाउँमा जानुभएको थियो। गुजारातका राजामहाराजाले ठाउँ छैन भनेर एक गिलास दुध दिएर पठाएछ। जोरास्टनहरुले दुधमाथप ६,७ चम्चा चिनी घोलेर पठाउनुभएछ। सँगै बस्न सकिन्छ भनेर। त्यही मार्गदर्शन लिएर तपाईहरुसँगै घुलेर काम गर्नु चाहन्छु। यही अठोट लिएर काम गर्न आएको हुँ।’
उहाँले आफ्नो पारिवारिक सन्दर्भ जोड्दै काँग्रेससँग सम्बन्ध जोड्न पाएकोमा खुसी व्यक्त गरे। भने, ’आफ्नो सन्दर्भ पनि २०१० सालदेखि नेपाली काँग्रेससँग म र मेरो परिवार नाता टुटेको थियो। मेरा पिता काँग्रेसका मोरङमा कोषाध्यक्ष २००८ मा हुनुहुन्थ्यो। सायद २०१० तिर काँग्रेसको जिल्ला सभापति हुनुहुन्थ्यो धनकुटाको। ६५÷६६ सालपछि नाता टुटेको साइनो पाएँ। धनकुटाका सम्पूर्ण साथीभाईहरुलाई धन्यवाद दिन चाहन्छु। यो एतिहासिक कदम पनि हो। यो टुटेको साइनो राम्रोसँग जोड्छ भन्ने विचार मैले लिएको छु।’ राप्रपाले संविधानको बाटो छोडेको दाबी गर्दै उहाँँले यही कारण पार्टी छाड्नुपरेको बताउनुभयो ।


’हिजो राप्रपामा पनि संघर्ष भयो। हामी पनि कम्मर कसेर लागेका थियौं संविधान लेखनमा। सुशील कोइरालाको नेतृत्वमा म पनि मन्त्री थियो,’ थापाले भने, ’राप्रपा एकतामा संविधानभन्दा पर गए पछि हामी अट्न सकेनौ।’थापाले राप्रपाका सबैलाई नेपाली काँग्रेसमा प्रवेश गर्न आह्वानसमेत गर्नुभयो ।उहाँले नेपालमा अधिनायकवादी शक्ति मौलिएको उल्लेख गर्दै यस्तो अवस्थामा लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प नरहेको बताउनुभयो ।


उहाँलेले भन्नुभयो, ’अहिले विदेश नीति गुमेको छ। आज लोकतान्त्रिक पद्धतिमा सेवा दिन हामी सबै काँग्रेसमा प्रवेश गरेका हौं। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले भने झै वृहत् लोकतान्त्रिक शक्तिको नेतृत्व काँग्रेसले मात्र गर्न सक्छ। एउटा मोर्चाभन्दा नेपाली काँग्रेसमै आवद्ध हुनुपर्छ भन्ने मैले लिएको छु।’

हेर्नुहोस सुनिलबहादुर थापाले पार्टी प्रवेश गर्दा दिएको मन्तव्य जस्ताको त्यस्तै

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed